१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोको जोखिममा रहेका ३४ घर परिवारलाई अन्तै सारियो

बाढी र पहिरोका कारण विस्थापित भएका मुगुको छायाँनाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका परिवारलाई सरकारले स्थानान्तरण गरेको छ।

सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले मुगूम कार्मारोङ गाउँपालिका–९ चिमाथमा ३४ वटा घर निर्माण गरेर लुम्साका विस्थापित परिवारलाई स्थानान्तरण गरेको हो।

भवन निर्माण आयोजना जुम्लाका सब–इन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार दलित आवास कार्यक्रम अन्तर्गत प्रतिघर ५ लाख रुपैयाँका दरले घरहरू निर्माण भएका छन्।

विसं २०३६ साल, २०६३ साल गरी विभिन्न समयमा आएको पहिरोबाट यो गाउँ जोखिममा परेको थियो। स्थानीय पूर्णचन्द्र विश्वकर्माका अनुसार २०६३ सालमा दुई वटा घर भत्किनुका साथै बस्ती नै जोखिममा परेको हो।

वन निर्माण आयोजनाका जुम्लाका सब इन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार छायानाथ रारा नगरपालिका वडा नम्बर-१२ लुम्सामा बाढी पहिरोका कारण विस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका वडा नम्बर ९ चिमाथ साबिक माग्री-१ गाउँको पेरेपानी कासीघर नाउलामा स्थानान्तरणका लागि पूर्वाधार सहित आवास निर्माण कार्यक्रम अन्तरगत पहिरोमा भत्किएका घर निर्माण गरिएको हो।

कार्यालयका अनुसार त्यस क्षेत्रमा ३ करोड लगानीको सड्क निर्माण र ८० लाख बरावरको काम पनि सम्पन्न भएको छ।

प्रकाशित: २४ भाद्र २०८० १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App