४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

अनुगमनमा आएका कर्मचारीलाई उखु किसानले रोके

रौतहटको गरुडस्थित श्रीराम सुगर मिल्स लिमिटेडको अनुगमन गर्न आएका कर्मचारीलाई उखु किसानले रोकेका छन् । गत ३ वर्षदेखि स्थायी रूपले बन्द गरिएको चिनी उद्योगका पाट पुर्जालाई बिक्री गर्ने प्रयोजनका लागि आएका कर्मचारीलाई किसानहरूले अनुगमन गर्न रोकेका हुन्।

उद्योगका पार्टपुर्जा नेपाल बैंक लिमिटेडले टेन्डर प्रक्रियाद्वारा बिक्री गरिसकेको छ।उद्योगमाथि रहेको ऋणको साँवा र ब्याज गरी ३६ लाख रुपैयाँभन्दा बढी भएपछि बैंकले टेन्डर गरी मेसिनरी पार्ट्सलाई ४ करोडभन्दा बढीमा बेचेको हो।

उद्योगलाई लिलाम गर्ने नेपाल बैंक काठमाडौँका केही कर्मचारी तथा उद्योग व्यवस्थापन पक्षका केही कर्मचारीहरू गरुडा चिनी मिलमा आएको खबर पाएपछि उखु उत्पादक संघ रौतहटले अनुगमन गर्नबाट नै रोकेको छ । पचास साठी जनाको संख्यामा गएका किसानहरूको समूहले बिक्री गर्ने तथा पार्टपुर्जा उठाएर लैजाने उद्देश्यले गर्न खोजिएको अनुगमनमा अवरोध गरेका हुन् ।

चिनी मिल संचालनमा आउनुपर्छ र यसको लागि आफूहरूले सबै किसिमको सहयोग गर्न तयार रहेको भन्दै आन्दोलन गरिरहेको संघले उद्योगका पाट पुर्जा लैजानको लागि भनेर बैंक तथा उद्योग व्यवस्थापन पक्षका कर्मचारीहरू आएको थाहा पाएपछि आफूहरू पुगेर अनुगमन गर्न रोकेको संघका अध्यक्ष अशोकप्रसाद यादवले बताएका छन्।

उद्योगमा कर्मचारी तथा संघका किसानबिच विवाद भइरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालको नेतृत्वमा गएको प्रहरीको टोलीलाई दुवै पक्षलाई सम्झाई बुझाई वार्ताको लागि इप्रकामा ल्याएको थियो । दुवै पक्षबिच वार्ता गराएर वातावरणलाई शान्तिपूर्ण बनाएपछि दुवै पक्ष आआफ्नो बाटो लागेको इप्रका गरुडाका प्रमुख डिएसपी खनालले जानकारी बताएका छन्।

प्रकाशित: १२ भाद्र २०८० १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App