१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

टेंग्रा खोलाकिनारमा महिलाको शव

इटहरी उपमहानगरपालिका ४ स्थित टेंग्रा खोलाकिनारमा एक महिलाको शव फेला परेको छ। संखुवासभा मादी ३ घर भई इटहरी ४ मा बस्दै आएकी ३५ वर्षीया सीता लिम्बूको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

मृत फेला लिम्बूको शरीरमा निलडाम देखिएकाले हत्या भएको आशंका गरिएको छ।  अनुसन्धानकै क्रममा छ।  इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधव काफ्लेले बताए।

‘शव पोस्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ,’ उनले भने, ‘मृतक महिलाका माइती पक्षले पति दीपेन लिम्बूले हत्या गरेको किटानी जाहेरी दिएकाले सोही अनुरूप अनुसन्धान भइरहेको छ। 

प्रकाशित: १ भाद्र २०८० ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App