४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पूर्व न्यायाधीश उपाध्यायको निधनमा मंगलबार इजलास बन्द

सर्वोच्च अदालतमा मंगलबार दैनिक पेसी सूचीमा चढेका कुनै पनि मुद्दा हेरिएनन्। सर्वोच्चका पूर्व न्यायाधीश उदयराज उपाध्यायको सोमबार राति निधन भएकाले मुद्दा सुनुवाइका लागि इजलास नबसेको हो।

१९९१ सालमा रौतहटमा जन्मिएका उपाध्यायको ८९ वर्षको उमेरमा निधन भएको हो। २०१७ सालदेखि इलाका न्यायाधीश हुँदै २०५७ सालसम्म न्याय क्षेत्रमा काम गरेका उपाध्यायको निधन भएपछि एक दिन मुद्दा नहेरिएको हो।

सर्वोच्चले पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूको निधनमा एक दिन इजलास नबस्ने परम्परा बसालेको छ।

उनी २०१७ साल वैशाखदेखि तत्कालीन इलाका अदालत पाल्पाबाट न्याय सेवामा प्रवेश गरेका थिए। उपाध्याय २०२५ सालमा धनुषा जिल्ला अदालतको न्यायाधीश भएका थिए।

त्यसपछि २०२८ सालमा वाग्मती अञ्चल अदालतको कायममुकायम अञ्चल न्यायाधीश भएर काम गर्दै २०४० सालमा क्षेत्रीय अदालतको न्यायाधीशमा बढुवा भएका थिए।

त्यसैगरी २०४८ सालमा तत्कालीन पुनरावेदन अदालतको मुख्य न्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। २०४९ साल माघदेखि २०५७ साल भदौसम्म ८ वर्षसम्म सर्वोच्चको न्यायाधीश भएर काम गरेका थिए।

उपाध्यायको निधनबाट न्याय र कानुनको क्षेत्रमा अपूरणीय क्षति पुगेको सर्वोच्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ श्रावण २०८० ०१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App