१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

घ्याम्पेडाडामा दुर्घटना :नौ वर्षीया बालिकासहित चार जना घाइते

भक्तपुरको सूर्य विनायक नगरपालिका घ्याम्पेडाडा जाने बाटोमा बिहीबार साँझ दुर्घटना भएको छ। दुर्घटनामा परी नौ वर्षीया बालिकासहित चार जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

जिल्लाको सूर्य विनायक नगरपालिका ८ गणेश मन्दिर नजिकै घ्याम्पेडाडा जाने बाटोमा घ्याम्पेडाडाबाट सूर्य विनायकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। प्रहरीको अनुसार बाग्मती प्रदेश –०२–०३० प ८१७५ नं को मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश –०२–०२८ प ५३७७ नं को स्कुटर एक आपसमा ठक्कर खाएको थियो। 

दुर्घटनाबाट मोटरसाइकल चालक भक्तपुर भक्तपुर न.पा.१० कमल विनायक बस्ने वर्ष ३४ को रुपेश रन्जितकार ( मा.प.से.) गम्भीर घाइते छन्। सुरुमा भक्तपुर अस्पताल लगिएकोमा उनलाई त्यहाँंबाटट्रमा सेन्टर रिफर गरिएको छ। साथै त्यस मोटरसाइकल पछाडि सवार दाङ भालुवाङ गा.पा.२ घर भई हाल दुवाकोट बस्ने वर्ष २३ की आयुष्मा शाही सामान्य घाइते छिन्। उनी हाल बोल्न सक्ने, दाहिने खुट्टामा भित्री चोट र अवस्था सामान्य रहेको छ। उनलाई भक्तपुर अस्पताल लगिएको छ।  

घटनामा परी स्कुटर चालक काभ्रे रोशी गा.पा.९ मंगलटार घर भई हाल घ्याम्पेडाडा बस्ने वर्ष २८ की रिता तामाङ (मा.प.से.नभएको) घाइते छिन्। हाल उनी बोल्न सक्ने, दाहिने आँखा माथि काटिएको, दाहिने खुट्टा र पन्जामा लछारिएको चोट छ। उनलाई जिल्लाकै मध्यपुर अस्पताल लगेको छ।

स्कुटर पछाडि सवारी निजको छोरी सोही स्थान बस्ने वर्ष ९ की निसु लामा पनि घाइते छिन्। उनी बोल्न सक्ने, दाहिने गाला, बाया हात र बाया खुट्टामा भित्री चोटमा छिन्। उनको मध्यपुर अस्पताल लगेको छ।  

उक्त स्थानमा वृत्त जगातीबाट प्र.स.नि.राजन वनमालाको ४ जना टोली खटि गएको थियो। दुवै सवारी साधन वृत्त जगातीको नियन्त्रणमा रहेका छन्। घटनास्थल वृत्त जगाती बाट ५ कि.मि.दक्षिण पर्दछ।

प्रकाशित: १८ श्रावण २०८० १६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App