१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सीके राउतका प्रवक्ता पक्राउ

बर्दिया- सिके राउतको स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय प्रवक्तालाई प्रहरीले पक्राउ गरेको छ। गुलरिया नगरपालिका वडा नं ११ औरीपुरस्थित घरबबाट शुक्रवार राति करिब १२ बजे ३० वर्षीय अब्दुल खानलाई प्रहरीले पक्राउ गरेको हो।

मध्यरात पक्राउ गर्ने क्रममा प्रहरीसँग झडप पनि भएको छ। प्रहरीलाई स्थानीयले अवरोध गरेपछि समान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ। सो घटनामा केही स्थानीय घाइते भएका छन्।

गोप्य सूचनाको आधारमा खानलाई नियन्त्रणमा लिएको एसपी भरतबहादुर बोहराले जानकारी दिए।

 

प्रकाशित: ३ असार २०७४ ०१:५३ शनिबार

सीके राउतका प्रवक्ता पक्राउ