४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

अजिंगर आतंकले स्थानीयमा त्रास

अजिंगर समातेर आरक्षको जिम्मा लगाउँदै स्थानीय। तस्बिर: नागरिक

मकवानपुरको मनहरि गाउँपालिका-३ हाँडीखोलामा अजिंगरको आतंकका कारण स्थानीय त्रसित बनेका छन्। दैनिकजसो अजिंगर भेटिन थालेपछि स्थानीय त्रसित बनेका हुन्।

हाँडीखोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका छन्। लामिटारका लक्ष्मण राईको जंगलमा चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिंगर नियन्त्रणमा लिएका हुन्।

उक्त अजिंगर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको छ। निकुञ्जका कर्मचारीले अजिंगरलाई निकुञ्जको ‘कोर एरिया’ मा लगेर छोडेको जानकारी दिएका छन्। ‘बोकालाई अजिंगरले मारेको जानकारी पाएपछि हामीले जंगलमा गएर त्यसलाई समातेर निकुञ्जको कर्मचारीको जिम्मा लगाएका हौं,’ स्थानीय श्यामबहादुर राईले भने, ‘थप क्षति नहोस् भन्ने उद्देश्यले ज्युँदै समाएर पठाएका हौं।’

मकवानपुरको मनहरि गाउँपालिका-३ हाँडीखोलामा अजिंगरको आतंकका कारण स्थानीय त्रसित बनेका छन्। दैनिकजसो अजिंगर भेटिन थालेपछि स्थानीय त्रसित बनेका हुन्।

केही दिनअघि घाँस दाउरा गर्न गएका स्थानीय महिलालाई पनि अजिंगरले आक्रमणको प्रयास गरेको थियो। पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलो पटक स्थानीय जंगलमा अजिंगर देखापरेको हो।

यस क्षेत्रमा जंगली जनावरले दुःख दिने गरेको छ। केही दिनअघि लामिटारकै जने राईको खेतबाट समेत अजिंगर नियन्त्रणमा लिएर निकुञ्जका कर्मचारीको जिम्मा लगाइएको थियो।

केही दिनअघि घाँस दाउरा गर्न गएका स्थानीय महिलालाई पनि अजिंगरले आक्रमणको प्रयास गरेको थियो। पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलो पटक स्थानीय जंगलमा अजिंगर देखापरेको हो।

पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत लामिटार सेक्टर पोस्टका रेन्जर विष्णु पौडेलले साढे ३२ किलोको उक्त अजिंगरसहित अघिल्लो दिन भेटिएकोलाई पनि ‘कोर एरिया’ मा लगेर छोडिएको जानकारी दिए। अजिंगरको टोकाइले विष नलाग्ने तर मासुको चौटा नै निकाल्ने र बेरेर मार्ने खतरा हुने रेञ्जर पौडेलले जानकारी दिए

प्रकाशित: १७ असार २०८० ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App