१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

काकासँग मिलेर वुवाको हत्या

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–९, गोदनी निवासी सन्नी भनिने ३८ बर्षिय मानबहादुर सार्कीलाई छोरी र सहोदर भाईले हत्या गरेर जंगलमा गाडेको रहस्य खुलेको छ। चैत २२ गते हत्या गरिएका मान वहादुरको शव प्रहरीले २२ दिनपछि मंगलवार स्थानीय जनता सामुदायिक वनमा गाडिएको अवस्थामा फेला पारेको हो। गाडिएको लास सडेर हड्डी मात्र वाँकी रहेको अवस्थामा बिहान १० बजे फेला पारेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी निरिक्षक कर्ण कार्कीले बताए।

 मंगलवार नै हत्या गरेको अभियोगामा उनको १५ बर्षिय छोरी बिमला सार्की र ३५ भाइ बर्षिय पदमसिंह कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

भारतमा मजदुरी गर्न गएका छोराले घरमा वुवाको हत्या भएको सुनेपछि घर आएका छन। १८ बर्षिय अर्जुन बहादुर सार्कीले वुवाको हत्या भएको भनेर प्रहरीमा उजुरी दिएका छन। उनले भने वुवा र काका पदमबीच जग्गा सम्बन्धी विवादले रिसिइवी रहेको प्रहरीलाई बयान दिएका छन।

 

प्रकाशित: १२ वैशाख २०७४ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App