६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लामा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

जुम्लामा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जुम्ला सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिकातिर जाँदै गरको क १ घ १५ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा चन्दननाथ १० का अन्दाजी ४० वर्षीय मेघराज न्यौपानेको मृत्यु भएको हो।

अटोरिक्सा पातारासी–७ स्थित कोटाभीरमा दुर्घटना भएको थियो। न्यौपानेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइसकेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए।

उनका अनुसार पातारासी ३ का ४२ वर्षीय कृष्णबोहोरा घाइते भएका छन्। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। अटोचालक चन्दननाथ नगरपालिका तलिउमका गोविन्द सार्की प्रहरी नियन्त्रणमा छन्।

मृतक न्यौपाने कार्यक्रमको सिलसिलामा पातारासी गाउँपालिका जाँदै गरेका थिए। लामो समयदेखि सामाजिक अभियन्ताका रुपमा कार्य गरिरहेका न्यौपानले गैरसरकारी संस्था महासंघमा आवद्ध थिए।

प्रकाशित: २ जेष्ठ २०८० ०६:०४ मंगलबार

दुर्घटना