छुट्टा छुट्टै २ स्थानबाट कपिलवस्तुमा लागु औषध सहीत ५ जना पक्राउ परेका छन्। कपिलवस्तुको कृष्णनगर २ यात्रु गेटबाट १० किलो चरेश सहीत २ महिला पक्राउ परेका हुन्।
कपिलवस्तु, बाणगंगा नगरपालिका–४ दर्खास्तमा ३ सय ६० मिलिग्राम ब्राउन सुग सहित ३ जना पक्राउ परेका छन। कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुंगलले बताए।
पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका–५ की ४९ वर्षीया संगिता तामाङ र सत्यवती गाउँपालिका–१ की ५९ वर्षीया सेती तामाङ रहेका छन्। ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा कपडामा सिलाई ५/५ केजीका दरले दुवै जनाले कम्मरमा लुकाई राखेको उक्त पदार्थसहित फेला पारेका थियो।
उता दर्खास्तमा २७ वर्षीय इश्वर सेनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्राम र नगद ४२ हजार २ सय ५० रूपैयाँसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। साथै लागूऔषध खरिद विक्रीमा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। दुबै घटनाका सम्बन्धमा अनुसंधान र सोधपुछ जारी रहेको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलेले बताए।
प्रकाशित: २६ वैशाख २०८० १२:४६ मंगलबार