३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नागरिक नायक–२०८० घोषणा कार्यक्रम सुरु

नागरिक नायक–२०८० घोषणा कार्यक्रम सुरु भएको छ। नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १५ औं वर्ष प्रवेशको अवसरमा सोमबार साँझ विशेष कार्यक्रम माझ नागरिक नायक २०८० घोषणा गर्न लागेको हो।  

कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका छन्। कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एन पी साउद, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, रघुजी पन्त, लगायतका व्यक्तित्वको उपस्थिति रहेको छ।

यस मिडियाले हरेक वर्ष नागरिक नायक घोषणा गर्दै आएको छ। नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्याएका तीन जनालाई यसवर्ष नागरिक नायकबाट सम्मान गरिने छ।  

नेपाल रिपब्लिक मिडियाले समाज परिवर्तनका लागि संघसंस्था र व्यक्तिहरुले गरिरहेको अथक मेहनत, प्रयास र सफलतालाई प्राथमिकतामा राखेर नायकहरुको पहिचान गर्दै आएको छ। त्यस्ता व्यक्ति र संघसंस्थालाई सम्मान गरेर व्यक्ति, संघसंसथा र समुदायलाई उत्प्रेरित गर्ने उद्देश्यका साथ नागरिक नायक घोषणा गर्दै आइएको हो।  

यसअघि डा. गोविन्द केसी,महाविर पुन,खैरुन निसा,यन्दिरा सापकोटा,डा. सन्दुक रुइत,रामेश्वरप्रसाद खनाल,रामप्रसाद श्रेष्ठ,फुलकुमारी योञ्जन श्रेष्ठ,पासाङ शेर्पा,धुर्मुस सुन्तली, सत्यमोहन जोशी,पुर्ण गौतम,पवन सिंधानिया श्रीजंग शाह,दिनेश तामाङ,विनोद शाही,मुस्कान खातुन,टेकु अस्पताल, रबिन्द्रलाल चौधरी,सत्यनारायण महतो (आलोक),विष्णु गौतम,छिटुप दोर्जि लामा नागरिक नायक भइसकेका छन्।

प्रकाशित: ११ वैशाख २०८० १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App