२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आत्महत्या गर्नेमा युवा बढी

आत्महत्या गर्नेको संख्या पछिल्ला वर्षमा विकराल बन्दै गइरहेको छ। कर्णालीमा आत्महत्याको संख्या डरलाग्दो अवस्थामा रहेको छ। आत्महत्याका कारण धेरै भए पनि दिनानुदिन दर बढ्दै जान थालेसँगै समाजमा चिन्ताको अवस्था ल्याएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आत्महत्या गर्नेमा १६ देखि २५ वर्ष उमेर समूहका युवा बढी रहेका छन्। २०७९ साउन १ देखि चैत १५ सम्म कर्णाली प्रदेशभर १ सय ८६ जनाले आत्महत्या गरेकोमा ५८ जना युवा रहेका छन्।

सबैभन्दा बढी कर्णाली प्रदेशभर झुन्डिएर १ सय ६४ जना, विष सेवन गरेर २० जना, हाम फालेर भीरबाट १ जना र गोली हानेर १ जनाले आत्महत्या गरेको प्रहरी रेकर्डमा रहेको छ। आत्महत्या सबैभन्दा बढी बिहान ६ बजेदेखि १२ बजेको समयमा गर्ने गरेको जनाइएको छ। मंगलबार र शुक्रबार बढी आत्महत्याका घटना हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ। कर्णाली प्रदेशमा सबैभन्दा बढी सुर्खेतमा ८० जनाले आत्महत्या गरेको घटना देखिएको छ भने सबैभन्दा कम मुगु, डोल्पा र हुम्लामा रहेको छ। आत्महत्या गर्ने महिना हेर्दा कर्णालीमा फागुनमा सबैभन्दा बढी ३२ जनाले आत्महत्या गरेको पाइएको छ।

कृषि पेसामा आबद्ध किसान सबैभन्दा बढी आत्महत्या गर्ने रहेका छन्। यो अवधिमा १ सय जना कृषि पेसामा आबद्धहरूले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) माधवप्रसाद श्रेष्ठले बताए। आत्महत्याको संख्या बर्सेनि बढ्दै गएकाले यसको रोकथामका लागि सबैले पहल गर्नुपर्ने प्रहरी प्रवक्ता श्रेष्ठको भनाइ छ। 

प्रकाशित: २६ चैत्र २०७९ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App