कपिलवस्तुको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट नक्कली गहना बरामद गरिएको छ। भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको करिब ३ लाख रुपैयाँ बराबरको बिभिन्न किसिमका नक्कली सुनका गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो।
बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाइएको छ।
प्रकाशित: १७ फाल्गुन २०७९ ०६:२९ बुधबार