५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सिद्धार्थनगरकी उपमेयर अधिकारी भन्छिन्ः साढे नियन्त्रणको तस्बिर देखिए जस्तो छैन

रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले साँढेलाई ट्रकमा बाँधेर घिसारेको भन्दै अहिले सामाजिक सञ्जालमा सर्वत्र आलोचना भएको छ। सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीले भने नगरपालिकाले साँढेलाई ट्रकमा बाँधेर नघिसारेको बताएकी छिन्। 

नागरिक न्युजसँग कुरा गर्दै उनले भनिन्, ‘हामीले उक्त साँढेलाई नियन्त्रणमा लिएर त्रिवेणीको गौशला लैजाने क्रममा साढे सडकमा बसेको हो। त्यो बसेको फोटो केही साथीहरुले खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नु भएछ। हामीले सिसिटीभि फुटेजमा हेरेका थियौ उक्त पोष्टमा देखिए जस्तो रगतामै छैन र हामीले घिसारेका पनि हैनौं।’ 

नगरपालिकामा छाडा चौपाएको बिगबिगि भएपछि त्रिवेणीमा रहेको समुदायमा व्यवस्थापनका लागि लान लागेको उनको भनाइ छ। उक्त साढे लैजाने क्रममा नगरपालिकाकै ६,७ जना कर्मचारी घाइते भएको उनले बताइन्। उनका अनुसार यसअघि पनि नगरभित्र छोडिएका १२६ वटा गाइगोरुलाई त्रिवेणीमा लगिएको थियो। 

बुधबार साँझ साँढेको खुट्टामा बाँधिएको डोरी लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर सडकमा घिसारेको भन्दै फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सामाजिक सञ्जालमा देखिएको फोटोमा साँढे पल्टिएको र ट्रकमा बाँधेर घिसारेको स्पष्ट देखिन्छ। तर नगरपालिकाकी उपमेयर अधिकारीले सिसी टिभी फुटेज समेत संकलन गरेर बाहिर आएजस्तो वास्तविकता नभएको दाबी गरेकी हुन्।

प्रकाशित: २१ पुस २०७९ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App