१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नयाँ वर्षको अवसरमा ठमेल सडक महोत्सव हुने

ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ।  

परिषद्ले शुक्रवार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरुलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवर्द्धनका लागि सडक महोत्सव आयोजना गरेको बताए। महोत्सवले ठमेल जान, बस्न र घुम्नको लागि जानुपर्छ भन्ने पारिवारिक वातावरण सिर्जना गर्ने जानकारी दिए। सडक महोत्सव नगरीकन आम सर्वसाधारणहरूलाई ठमेल लैजान नसक्ने उनले बताए । अध्यक्ष शर्माले सडक महोत्सवमा आधुनिक देखि  सांस्कृतिक सांगितिक कार्यक्रमहरु प्रस्तुत गरिने पनि बताए । 

अंग्रेजी नयाँ वर्षको कार्यक्रममा १ लाख दर्शक ठमेल भित्र्याउने अपेक्षा आयोजकको रहेको छ । १ लाख दर्शकहरूको व्यवस्थापनका लागि पनि आवश्यक तयारी गरिसकेको आयोजकले जानकारी दिएको छ । सडक महोत्सवको लागि हरेक रेस्टुराँहरूले आफ्ना प्याकेजहरू सामाजिक सञ्जालबाट जानकारी गराइसकेको पनि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए ।सडक महोत्सवमा आउने आगन्तुकलाई सस्तोमा मिठो खानेकुरा ख्वाउने प्रतिबद्धता रहेको उनले जनाए। 

सडकमा नै सोचेजस्तो पारिवारिक वातावरणमा खान, बस्न, घुम्न पाउने उनको धारणा रहेको छ। नयाँ वर्षको कार्यक्रम विगतका भन्दा फरक र ठूलो हुने उनले स्पष्ट पारे।  ठमेललाई पर्यटकीय नगरीको रूपमा सरकारले घोषणा गर्नुपर्ने शर्माले बताए । ठमेललाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय नगरी बनाउन राज्यले पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने उनले जानकारी गराए।  

न्यु इयर इभ तथा ठमेल सडक महोत्सव २०७९ साल पुस १६ गते शनिवार ठमेल केशरमहल सञ्चयकोष अगाडि साँझ ५ः३० बजेबाट सुरु भई मध्यरातसम्म सञ्चालन हुनेछ। कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुने आयोजकले जनाएको छ। महोत्सवमा नेपाली मौलिक कला, संस्कृति, सांगितिक कार्यक्रम, ठमेलका व्यवसायीहरूले उत्पादन गरेका विभिन्न सामग्रीहरूको प्रदर्शन हुनेछ। परिषद्ले न्यु इयर इभ तथा ठमेल सडक महोत्सवका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ।  

प्रकाशित: १५ पुस २०७९ ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App