२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

धोबीखोला किनारमा चल्यो महानगरको डोजर

काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रमा रहेको अतिक्रमित संरचना हटाउन थालेको छ।  

बुधबार काठमाडौं महानगरपालिकाले  १० नम्बर वडाको धोबीखोला किनार क्षेत्र अनामनगरस्थित देवीनगरमा रहेको अतिक्रमित संरचना बिहान ११ बजे देखि हटाउन थालेको हो।  

काठमाडौं महानगर प्रहरीका एसपी राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर चलाएको हो।

उनले भने, ‘करिब २ तिन घण्टा देखि हामीले संरचना हटाउन थालेका है। हामी अहिले पनि काममा नै छै कति वटा अवैध संरचना हटायौ थाहा छैन हटाउँदै छौँ, हटाउँने काम जारि छ।’

महानगरले साउन १ गते सूचना जारी गर्दै यस क्षेत्रका सबै अवैध संरचना हटाउन आग्रह गरेको थियो। महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्साविपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ।  

 

प्रकाशित: ६ पुस २०७९ ०७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App