२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मानव सेवा आश्रममा एभरेस्ट एफएम कक्ष बन्ने

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा २० हेम्जास्थित मानव सेवा आश्रममा कोठा निर्माण गरिदिने भएको छ। एफएमको दोश्रो वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा एभरेस्ट कक्ष निर्माण गर्ने घोषणा गरिएको हो।

 एफएमले कक्ष निर्माणका लागि लाग्ने सवा पाँच लाख रकम मध्ये पहिलो किस्ता स्वरुप एकलाख रुपैयाँ शनिबार हस्तान्तरण गरेको छ। कार्यक्रममा एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रमका पोखरा प्रमुख होमनाथ तिमिल्सिनालाई सो रकम हस्तान्तरण गरेकी हुन्।

यसअघि एफएम सञ्चालनको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो भने प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले गत वर्ष खादरजुङ्गको एक आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो। 

यसैबीच, एफएमका निर्देशक दीपककुमार कार्कीले रेडियोको परोपकारी कामबाट प्रभावित भई मानव सेवा आश्रमका लागि थप अर्को एउटा कक्ष निर्माण गरिदिने घोषणा गरेका छन्। उनले त्यसका लागि ५ लाख ५५ हजार प्रदान गर्ने घोषणा गरेका हुन्। उक्त रकम केहि दिन भित्रै हस्तान्तरण गर्ने उनले बताए।

प्रकाशित: १० मंसिर २०७९ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App