२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उर्लाबारीमा झडप हुँदा ३ जना घाइते, एमाले उपाध्यक्षसहित ३ जना पक्राउ

मोरङको उर्लाबारी नगरपालिका–६ स्थित तरुण क्याफे नामक कफी सपमा शुक्रबार साँझमा भएको दोहोरो झडपमा परी ३ जना घाइते भएको छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने २ जनाको अवस्था सामान्य रहेको मोरङ प्रहरीले जनाएको छ।  

उर्लाबारी–४ आइतबारेका कुमार लिम्बू समूह र उर्लाबारी–६ का रजत थापा ‘मिथुन’ समूहबीच क्याफे अगाडिको बार्दलीमा खुकुरी हानाहान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। दोहोरो झडप हुँदा थापाको समूहको आक्रमणमा परी उर्लाबारी–४ का गौतम तामाङको टाउकोमा चोट लागेको छ। उनको विर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

उर्लाबारी–७ का नितम चौहान र उर्लाबारी–८ का मिलन श्रेष्ठ पनि घाइतेको र उनीहरुको अवस्था सामान्य रहेका छ। थापा, चौहान र श्रेष्ठ बसिरहेको समयमा लिम्बूको समूह आएर उनीहरुमाथि आक्रमण गर्न थालेपछि झडप भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्नको भएको आरोपमा प्रहरीले एमाले उर्लाबारीका नगर उपाध्यक्ष कुमार लिम्बूसहित उर्लाबारी–५ का आशंक लिम्बू र उर्लाबारी–६ का रजत थापा पक्राउ परेका छन्। पुराना रिसिइबीलाई लिएर लिम्बू समूहले थापा समूहलाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए।  

प्रकाशित: ३ मंसिर २०७९ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App