३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गरेकी छन्।

नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार उहाँले ‘मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२÷८३ का लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेकी हुन्।  

प्रकाशित: ३२ असार २०८२ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App