आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्ने स्थानीय पर्यवेक्षण कर्ताहरुका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सोमबार एकदिने अनुशिक्षण गराएको छ।
निर्वाचनको पर्यवेक्षण प्रकृया र पर्यवेक्षणकर्ताको भूमिका विषयमा अनुशिक्षण गराइएको नियोक ताप्लेजुङका अध्यक्ष अम्विका हाङ्वाङले जानकारी दिए।
नियोकका ताप्लेजुङका सचिव दीपेन्द्र सुबेदीका अनुसार पर्यवेक्षणकर्ताहरुले अपनाउनुपर्ने कर्तव्य र जिम्मेवारी बारे पर्यवेक्षणकर्ताहरुलाई जानकारी गराइएको छ।
प्रकाशित: २८ कार्तिक २०७९ १३:२० सोमबार