३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगले निर्वाचनको तयारीबारे कूटनीतिक नियोगलाई गरायो जानकारी

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ।

आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो। आयोग केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराएको हो। उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तराष्ट्रिय समूदायबाट पनि साथ र सहयोगको अपेक्षा गरेको बताए।  

आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, निर्वाचन अनुगमन गर्ने संस्था तथा पर्यवेक्षहरुको बारेमा विस्तृत जानकारी गराएका थिए। उनले निर्वाचनमा मतदान पछि सुरक्षा संवेदनशिलताको दृष्टिले महत्वपूर्ण मानिएको मतपेटिका सुरक्षाको लागि सुरक्षा निकायको ३ घेरा कायम हुने गरि व्यवस्था मिलाइएको जानकारी दिए।

भटराईले ३ वटा अन्तराष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई निर्वाचन अनुगमनको अधिकार प्रदान गरिएको र निर्वाचनमा ८ हजार पर्यवेक्षक परिचालन गरिएको बताए। कार्यक्रममा विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुले संविधानमा उल्लेख भए अनुसार महिला सहभागिताको प्रत्याभूतिबारे जिज्ञासा राखेका थिए। 

प्रकाशित: २८ कार्तिक २०७९ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App