८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसका केन्द्रीय सदस्य गुरुङलाई पत्नी शोक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ। गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो। विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उनको जन्म भएको हो।  

उनका तीन छोरा र दुई छोरी छन्। उनको सोमबार दिउँसो १२ः३० बजे गुरुङ संस्कारअनुसार देवघाटमा अन्त्येष्टि गरिँदैछ। उनका श्रीमान् टेकप्रसाद नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत हुन्। कांग्रेस चितवनले शिरमायाको निधनप्रति दुःख व्यक्त गरेको छ। जिल्ला सभापति राजेश्वर खनालले उनको निधनले नेपाली कांग्रेसलाई अतुलनीय क्षति भएको बताए। स्व गुरुङले पार्टीमा पु¥याएको योगदानको कांग्रेसले सम्मान गर्ने उनले बताए।

प्रकाशित: २० कार्तिक २०७९ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App