४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बागी उम्मेदवारलाई कारबाही

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा सत्तारुढ दलहरूको गठबन्धनविरुद्ध ‘बागी’ उम्मेदवारी दिने नेपाली कांग्रेस उदपुरका नेता तथा कार्यकर्ता कारबाहीमा परेका छन्। गठबन्धनविरुद्ध प्रतिनिधि तथा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने नेता र तिनका प्रस्तावक तथा समर्थकसमेतलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको कांग्रेस उदयपुरका कार्यवाहक सभापति भीमचन्द्र राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

कार्यवाहक सभापति राईले बिहीबार जारी गरेको विज्ञप्तिमा उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का स्वतन्त्र उम्मेदवार रामकुमार राई र प्रदेशसभा १ ९१० का उम्मेदवार जयप्रसाद सुवेदीलगायत ५ जनाको नाम उल्लेख छ। बागी उम्मेदवार बनेका राईका प्रस्तावक र समर्थक क्रमशः लिलाराज अधिकारी र मीनकुमार दाहाल तथा सुवेदीका प्रस्तावक भरत कार्कीमाथि पनि उम्मेदवारसरह ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको विज्ञप्तिमा जनाइएको छ। 

प्रकाशित: २८ आश्विन २०७९ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App