५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

काँग्रेसको भन्दा तेब्बर मत बढी ल्याएर विजयी हुन्छु: महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले भक्तपुरको प्रतिनिधिसभा २ नम्बर क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्। बस्नेतले उम्मेदवारी दर्तापसछि उनले काँग्रेसको भन्दा तेब्बर मत ल्याएर विजयी हुने बताएका छन्।

बाजागाजासहित कार्यकर्ताको भीडलाई लिएर नेता बस्नेतले  सत्ता गठबन्धनका उम्मेदवारलाई तेब्बर मतान्तरले हराउने दाबी गरे। उनले राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज संसदमा मुखरित भएको बताए । आगामी निर्वाचनमा विजयी बनेसँगै भक्तपुरमा औद्योगिकरणका साथै नयाँ शहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको उनले बताए। 

उनले साँस्कृतिक सम्पदाको पुनः निर्माण र निरन्तरता दिने उद्देश्य रहेको बताए । नेता बस्नेतले गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भइरहेको बताए ।

प्रकाशित: २३ आश्विन २०७९ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App