९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

देउवा विरुद्ध सागर ढकालकाे उम्मेदवारी दर्ता

फाइल तस्बिर।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाका विरुद्ध प्रतिनिधिसभामा डडेल्धुरामा गुल्मीका सागर ढकालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

उनले उम्मेदवारी दर्ता गराएपछि नयाँ युगको शुरुवात भएको भन्दै देश बनाउने संकल्प सहित दुई दिन ब्रत बस्ने घोषणा गरेका छन्। ०४८ साल देखि निरन्तर निर्वाचन जित्दै ५ पटक प्रधानमन्त्री भइसकेका देउवा विरुद्ध विकासका लागी बाजे पुस्तालाई बिश्राम दिनुपर्ने भन्दै उनी चुनावी मैदानमा उत्रेका हुन्। यसैगरि नेपाल काँग्रेस विपीबाट कर्ण मल्ल चुनावी मैदानमा छन्। मल्ललाई नेकपा एमालेले समर्थन गरेको छ। नेकपा एकीकृत समाजवादीबाट केहि समय अघि मात्र नेकपा एमालेमा प्रवेश गरेका बिक्रम शाहीले पनि प्रतिनिभिसभाका लागी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।  

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले कैलाली निर्वाचन क्षेत्र ४ मा प्रतिनिधिसभाका  लागी उम्मेदवारी दर्ता गराएका छन्। हेवीवेट उम्मेदवार रहेको कैलाली निर्वाचन क्षेत्र ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनका तर्फबाट नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति बिर बहादुर बलायर उम्मेदवार रहेका छन्। वि.स. २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका सुनिल भण्डारीलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा भट्ट विजयी भएका थिए। एक मात्र निर्वाचन क्षेत्र डोटी नेकपा एकिकृत समाजवादीको भागमा परेपछि बलायर डोटीबाट कैलाली झरेर निर्वाचन लड्न लागेका हुन्। राजनीतिक दलको आस्था सँगै भेगिय र जातिय रुपमा पनि मत प्रभावित हुने कैलाली ४ मा डोटीबाट बसाईसराई गरेर झरेका हरुको नै बाहुल्यता रहेको छ। एमालेका नेता भट्टको पनि पुख्र्यौली घर डोटी नै हो।

प्रकाशित: २३ आश्विन २०७९ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App