९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारहरू: को कहाँबाट उठ्दै छन् ?

नेपाली कांग्रेस संसदीय बोर्डले प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेदवारहरूको टुंगो लगाएको छ। राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले उम्मेदवारहरूको टुंगो लगाएको हो।  

बैठकले कञ्चनपुरबाट एनपी साउँद र रमेश लेखक, कैलाली- १ बाट रामजनम चाैधरी, कैलाली -४ मा वीरबहादुर बलायर, सुर्खेतबाट पूर्ण बहादुर खड्का र ह्रदयराम थानी, दाङ -३ बाट दिपक गिरी, स्याङ्जाबाट राजु थापा र धनराज गुरुङ, तनहुँ-१ बाट रामचन्द्र पौडेल, रुपन्देही- ३ बाट बालकृष्ण खाँण, अर्घाखाँचीबाट पुष्पा भुसाल, नवलपरासी पूर्व -१ बाट शशांक कोइराला, मकवानपुर -१ बाट महालक्ष्मी उपाध्ययलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तै काठमाडौं- १ बाट प्रकाशमान सिह, काठमाडौं -४  बाट गगन थापा, काठमाडौं -६ बाट भिमसेनदास प्रधान, काठमाडौं बाट- १० राजन केसी, ललितपुर -१ बाट उदय शमशेर राणा, भक्तपुर -२ बाट दुर्लभ थापा, काभ्रे -२  बाट शिव हुमागाई, सिन्धुपाल्चोक- २ बाट मोहन वस्नेत,रामेछापबाट  कान्छाराम तामाङ, रसुवाबाट मोहन आचार्य, उदपुर-१ बाट नारायण खड्का, बारा -१ बाट उमाकान्त चौधरी, सुनसरी -४ बाट ज्ञानेन्द्र ब कार्की, धनकुटा बाट सुनिल ब थापा, मोरङ-६ बाट शेखर कोइराला, झापा- १ बाट विश्व प्रकाश शर्मा, झापा -३ बाट कृष्णप्रसाद सिटौला, पाँचथरबाट भीष्म आङ्दम्यलाई उम्मेदवार बनाउने संसदीय बोर्डको बैठकले निर्णय गरेको छ।

प्रकाशित: २२ आश्विन २०७९ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App