२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेदेखि गठबन्धन कामेको छः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन्।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकीर समेत गरे।

राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी गरे। अध्यक्ष ओलीले एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको बताए।

उनले भने, ‘अनेक थरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन्। अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरुको धनु कामेको छ एमाले देखेपछि। गर्मीमा पनि उनीहरु धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन्। त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ र। यो गठबन्धन मरिगए छोड्दैन। यो त्यान्द्रो समातेनन्। र, छोडेभने यिनीहरु त्रिशुलीको भेलमा पुगजस्तो हुन्छ। एमालेको भेलले बगाउँछ। त्यसकारण यिनीहरुले गठबन्धन नामको या त्यान्द्रो छोडदैनन्। यो समाती राख्न यिनीहरु बाध्य छन्। किनकी एमालेको भेल यस्तो आइराखेको छ। बगाउँछ। यसमा जहाँ नेपाली, त्यहाँ एमाले। देशभित्र मात्रै होइन, देश बाहिर पनि जहाँजहाँ नेपाली पुगेका छन्। त्यहाँ एमाले पुगेको छ। त्यसकारण जहाँ नेपाली, त्यहाँ एमाले।’

ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने दोहोर्‍यउए।

प्रकाशित: ७ आश्विन २०७९ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App