१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

धोबिखोला कोरिडोर निर्माणको लागि सरकारले आयोजना बनाएर काम गर्छः विकासमन्त्री चौधारी

शहरी विकासमन्त्री मेटमणी चौधारीले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताएका छन्।

आईतवार प्रश्तावित धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन। उनले सरकारले धोबिखोला कोरिडोर निर्माणको लागि अब बस्ने मन्त्रीपरिषद्ले छुट्टै आयोजना बनाउने प्रश्ताव पास गर्ने बताए। मन्त्री चौधरीले कोरिडोर निर्माणमा सरकारले जनताहरु त्यहाँबाट बिस्थापित हुनु नपर्ने गरी बनाउने प्रतिवद्धता जनाए। उनले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको विषयमा संसद गगनकुमार थापाले विषेश पहल गर्नुपर्ने बताए।  

मन्त्री चौधरीले संसद थापाको पहललाई शहरी मन्त्रालयले शतप्रतिशत भन्दा बढी सहयोग गर्न तयार रहेको बताए। उनले भने 'धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको विषयमा संसद गगनकुमार थापाले विषेश पहल गर्नुपर्छ। उनको निर्वाचन क्षेत्र पनि हो। उनलाई निर्वाचनमा भोट हालेका जनता पनि हुन। गगनकुमार थापालाई मन्त्रालयले १०० प्रतिशत भन्दा माथि सहयोग गर्न तयार छ। यो कोरिडोलाई फरक आयोजना बनाएर अगाडि बढाउने तयारीमा छौं। कोरिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरुको माग अनुसार समस्याको समाधान गर्न सकिन्छ। अब बस्ने मन्त्रीपरिषद्को बैठकमा छुटै आयोजना बनाएर कोरिडोर बनाउने प्रश्ताव पास हुन्छ। कोरिडोरलाई विवादित बनाउने भन्दापनि समस्या समाधान गर्ने मात्रै कुरा गरौं। जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नुहुन्न । यस्ता छलफल जनतालाई दिने खालको नगर्न हुँदैन।’

मन्त्री चौधरीले कोरिडोरको विषयमा आफूले कोरिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरुको माग अनुसार समस्याको समाधान गर्ने बताए। उनले कोरिडोरलाई विवादित बनाउने भन्दापनि समस्या समाधान गर्न मात्रै छलफल गर्नुपर्ने भन्दै जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नु नहुने बताए।

प्रकाशित: २६ भाद्र २०७९ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App