५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेले निर्वाचन आयोगमा दल दर्ता गरायो

नेकपा (एमाले)ले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ।

महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो। 

संविधान र कानुनी व्यवस्था अनुसार आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराउने काम गरिएको महासचिव पोखरेलले जानकारी दिए। उनले आफ्नो पार्टी दल दर्ता गरेसँगै सो निर्वाचनको तयारीमा पनि विधिवत रुपमा प्रवेश गरेको बताए। त्यस अवसरमा महासचिव पोखरेलले एक पटक दर्ता भईसकेको दल पटकपटक हरेक निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराउने कुरा आवश्यक नभएको प्रतिक्रिया समेत दिए। 

उनले भने,  ‘वास्तवमा लोकतन्त्रमा आवधिक निर्वाचन अनिवार्य र आवश्यक विषय हो। हाम्रो संविधानले प्रत्येक निर्वाचनको समयमा दलहरु दर्ता गर्ने व्यवस्था गरेको छ। यो व्यवस्था चाँही सुधार गर्नुपर्छ भन्ने लाग्छ मलाई। किनकी दलहरु एक पटक दर्ता भईसकेपछि पटक पटक दर्ता गरिरहने कुरा आवश्यक विषय होइन। तर पनि हाम्रो संविधान, कानुनले जे व्यवस्था गरेको छ। त्यस अन्तरगत हामीले दल दर्ता गरेका छौं। र, हामी निर्वाचनको तयारीमा विधिवत रुपमा प्रवेश गरेका छौं।’

निर्वाचन आयोगले आगामी मंसीर ४ गते आईतबारका दिने हुने सो निर्वाचन प्रयोजनका लागि यही श्रावण ३१ गते कार्यालय अवधिभित्र सबै राजनीतिक दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको थियो। सोही अन्तरगत एमाले महासचिव पोखरेल, उपमहासचिवद्धय प्रदिप ज्ञवाली, विष्णु रिमालसहितका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन्।

प्रकाशित: २४ श्रावण २०७९ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App