१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

निजामति कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण: सांसद त्रिपाठी

फाइल तस्बिर।

प्रतिनिधि सभा सांसद हृदयेश त्रिपाठीले नेपालको निजामति कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण रहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालको निजामति कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण रहेको बताएका हुन्। उनले नयाँ निजामति कर्मचारी ऐन नल्याएसम्म कुनैपनि सरकार लोकप्रिय नहुने दाबी गरे। सांसद त्रिपाठीले कर्मचारी समायोजन भएर गएका कर्मचारीलाई कर्मचारी मान्ने की नमान्ने कुरामा समेत दुविधा रहेको बताए। उनले निजीमति ऐन नबनेसम्म यस्तो दुविधा रहिरने जिकिर गरे। त्रिपाठीले प्रदेश सचिव प्रशासकीय अधिकृत खटाउने व्यवस्था हचुवा भएको बताए। उनले शासन प्रसाशनको महत्वपूर्ण ऐन, निजामति कर्मचारी ऐन कहाँ अल्झिएको हो भन्ने कुरा अहिलेसम्म खोजी हुन नसकेको समेत बताए। निजामति कर्मचारी ऐन जारी नभएकाले सुशासन भन्दा पनि शासन गर्न समेत भएको उनले बताए।  

सांसद त्रिपाठीले सरकारले गरेको कर्मचारीहरुको तलबमान वृद्धिमा दुविधा देखिएको बताए। उनले राजपत्र अनाधाकृति कर्मचारीहरु १५ प्रतिशत राजपत्राङ्कित कर्मचारीहरुलाई २४ देखि २६ प्रतिशत तलव वृद्धि हुने देखिएको बताए। त्रिपाठीले  तलव वृद्धिमा दविधा रहेकोले नायव सुब्बाहरु आन्दोलनमा गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनलेसरकारले जहाँ गहिरो त्यही पानी, जसलाई कम चाहिने हो उसलाई बढी दिने र जसलाई बढी चाहिएको हो, उसलाई कम दिएको बताए।

प्रकाशित: २४ श्रावण २०७९ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App