घाटमा पुगेको बेला पनि सिंहदरबार वैद्यखानामा विगत १२ दिनदेखि दुईजना व्यक्ति कार्यालय प्रमुख छन्। दुवैजनाले आफू वास्तविकर वैधानिक कार्यालय प्रमुख भएकोर अर्को व्यक्ति अवैधानिक भएको दाबी गर्दै आएका छन्। कार्यालय प्रमुख बस्ने कोठालाई दुवैजनाले दाबी गरेका छन्। कार्यालय प्रमुखको यस्तो व्यवहारले कार्यरत ४३ जना कर्मचारी भने चकित छन्। यता, वैद्यखानाको अवस्था भने दिनदिनै ओरालो लागेको छ।
सर्वोच्चको गत असार २१ गतेको फैसलालाई आधार मानेर दुवै व्यक्तिले आफू प्रमुख भएको दाबी गरेका हुन्। वैद्यखाना निरन्तर ओरालो लाग्दै गएको गुनासो आउन थालेपछि स्वास्थ्य मन्त्रालयले २०७९ असार १० गते निमित्त कार्यकारिणी निर्देशकको जिम्मेवारी लिएका डा. सवरी शाहलाई आयुर्वेद विभाग टेकुमार डा. श्यामबाबु यादवलाई वैद्यखानामा काजमा पठाउने निर्णय गर्यो। डा. साह २०७७ असार ३१ देखि वैद्यखानाको निमित्त कार्यकारी निर्देशक भइ कार्यरत थिए।
यसपछि वैद्यखाना समितिका बोर्ड अध्यक्ष डा. बाबुराजा आमात्यको अध्यक्षतामा बसेको बोर्ड बैठकले डा. यादवलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर्न मन्त्रालयलाई सिफारिस गर्यो।
बोर्डको सिफारिसमा मन्त्रालयले २०७९ असार १५ गते डा. यादवलाई निमित्त कार्यकारी निर्देशक पदमा नियुक्त गरेको चिठी दियो। मन्त्रालयको उक्त निर्णयबाट आफू अन्याय परेकोले सो निर्णय खारेज गर्न माग गर्दै डा. साह सर्वोच्च। सर्वोच्चले असार २१ गते अन्तरिम आदेश जारी गर्दै असार १० गते मन्त्रालयले गरेको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी ग¥यो। यही आदेशलाई दुवै पक्षले आ–आफू अनुकूल व्याख्या गरेका छन्। डा. यादवले भने, ‘सर्वोच्चको फैसला असार १० गतेको निर्णयसँग सम्बन्धित छ। असार १५को निर्णयमा अदालल बोलेको छैन। त्यसैले कानुनी रूपमा वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशक म हुँ।’ यस्तै दाबी डा. साहको पनि छ। उनले भने,‘ सर्वोच्चले असार २१ गते गरेको निर्णयमा मन्त्रालयले असार १० गते गरेको निर्णयर सोसँग सम्बन्धित अन्य निर्णय कार्यान्वयन नगर्नू÷नगराउनू भनेको हो। यो निर्णयपछि स्वतः असार १५ को निर्णय पनि आकर्षित हुन्छ,’ उनले भने, ‘त्यसैले वैधानिक रूपमा वैद्यखानाको निमित्त कार्यकारी निर्देशक म हुँ।’
डा. साह सर्वोच्चको अन्तरिम आदेश लिएर मन्त्रालय पुगे। उनले आफ्नो निवेदन ९१५५ नम्बरमा दर्ता गराए। स्वास्थ्यराज्यमन्त्रीर स्वास्थ्य मन्त्रालयका सचिवले सर्वोच्चको निर्णय कार्यान्वयन गराउन तोक आदेश दिए। तर मन्त्रालयका अधिकारी यसबारेमा प्रष्ट भएनन। डा. साह वैद्यखानाको निमित्त कार्यकारी निर्देशक हुन कि होइनन् भन्नेमा मन्त्रालयका अधिकारीहरू प्रष्ट भएनन्। त्यसपछि साउन ४ मा डा. साहले अदालतमा अर्को मुद्दा दायर गरे। अदालतको निर्णय कार्यान्यन नभएको, उल्टै अदालतको मानहानि भएको भन्दै उनले अदालतमा अर्को मुद्दा दर्ता गरे। यसपछि मन्त्रालयर डा. यादव पनि सर्वोच्च पुगे।
सर्वोच्चले असार २१ गते गरेको निर्णय पुनरवोलकन गर्न माग गर्दै मन्त्रालयर डा. यादवले अदालतमा निवेदन दिएका छन्। डा. साह अदालतको निर्णय बोकेर साउन १० गते वैद्यखाना विकास समितिमा हाजिरी गर्न पुगे। तर त्यहाँ कार्यालय प्रमुखको कुर्सीमा डा. यादव बसेका थिए। साहर यादववीच विवाद भयो। दुवै आफ्नो आ– अडानबाट पछि हटेनन्। विगत १२ दिनदेखि दुवै जनाले निमित्त कार्यकारी निर्देशक पदमा हाजिरी गर्ने गरेका छन्।
घाटमा पुगेका वैद्यखानालाई पुनर्जिवन दिने दुवैको योजना छ। ‘निमित्त कार्यकारी निर्देशक भई वैद्यखानामा आउनेबित्तिकै मैले तलब नपाएका कर्मचारीलाई तलब खुवाए। बन्द भएका औषधि उत्पादन गर्न सुरु गरे। सरसफाई गरे,’ डा. यादवले भने, ‘तर उहाँ (साह)को ३ वर्षको कार्याकालमा उहाँले के गर्नु भयो ? वैद्यखानालाई घाटमा पु¥याउने काम गर्नुभयो।’ साहको दाबी भने अर्कै छ। ‘मैले शिलाजितको टेण्डर गरेँ। च्यावनप्रासलाई २४ लटमा उत्पादन गरे। २४ लटमा च्यावनप्रास उत्पादन गर्ने अरू कोही छ ?,’ साहले प्रश्न गरे।
करिब साढे ३ सय वर्ष इतिहास बोकेको वैद्यखाना मल्लकालीनराजा प्रताप मल्लाको पालादेखि सुरु भएको हो। आयुर्वेद क्षेत्रमा निकै ख्याति कमाएको वैद्यखाना सक्षम नेतृत्वको अभावले पछिल्लो समय मृत शड्ढयामा छ। वैद्यखानाले उत्पादन गर्दै आएको सबै औषधि अहिले ठप्प छन्। औषधि उत्पादन गर्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीहरूले लामो समय देखि तलब खान पाएका थिएनन् ।
प्रकाशित: २३ श्रावण २०७९ ०१:११ सोमबार