२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको छ: देव गुरुङ

नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले हालै परराष्ट्र मन्त्रालयकी  प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका व्यक्त गरे।  

सांसद गुरुङले परराष्ट्र मन्त्रालयले पछिल्लो समयमा तत्कालै पत्राचार गर्न नसकिने र विभिन्न पक्षहरुसँग संवाद, सल्लाह, परामर्श गरेर मात्रै गर्ने अभिव्यक्ति दुखद् रहेको बताए। 

उनले परराष्ट्र मन्त्रालयको अभिव्यक्ति मन्त्रीपरिषद्को निर्णय विपरित् भएको बताए। उनले अविलम्व एसपीपी सम्बन्धी पत्र पत्राचार गर्न रुलिङको माग गरे। सांसद गुरुङले म्युचिएल डिफेन्स क्रिटी, स्टाटेजी डिफेन्स प्याक्ट, स्टाटस अफ फोर्स एग्रिमेण्ट सोफा लगायतका नामबाट एसपीपी सम्झौता गर्ने कुरा भइरहेको बताए।

सांसद गुरुङले एसपीपी सम्झौता पिस कोअप्रेशन एग्रिमेण्ट भनेर शीर्षक राखेर एसपीपी सम्झौता गर्ने प्रयास भइरहेको बताए।

प्रकाशित: ५ श्रावण २०७९ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App