१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

संसोधन विधेयकमाथि आज हुने भनिएको छलफल स्थगित

काठमाडौं- संसोधन विधेयकमाथि संसदमा आजबाट सुरु हुने भनिएको छलफल स्थगित गरिएको छ। संसोधन विधेयक जनताका लागि सूचित गर्नुपर्ने र मधेसी मोर्चालाई वार्ताका लागि कुर्ने भन्दै पुस ८ गते ११ बजेसम्मको लागि संसद स्थगित गरिएको हो।

सभामुख, शीर्ष नेता र प्रमुख सचेतकहरुको सिंहदरवारमा बसेको बैठकले पुस ८ गतेसम्मका लागि संसद बैठक स्थगित गरिएको हो। बैठकको समय भने अझै नतोकिएको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले नागरिकन्युजलाई बताए। बैठकले मोर्चासंगकाे वार्तामा जोड दिने र पुस ८ गते भित्रमा निकास खोज्न पहल गर्ने सहमति गरेको छ।

त्यस्तै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संसोधन प्रस्तावमाथि छलफल कसरी चलाउनेबारे कुराकानी भइरहेको बताए। उनले नेपाली कांग्रेस संसोधन गर्ने कुरामा सहमत भएकाले समस्या छिट्टै समाधान हुने बताए। 'संसोधन विधेयकमाथि कसरी छलफल चलाउने, के के कुरा करेक्सन गर्ने कुराहरुबारे छलफल भइरहेको छ,' सञ्चारकर्मीसँग सभापति कोइरालाले भने, 'मलाई पूरा विश्वास छ, समस्या छिट्टै समाधान हुन्छ।'

संविधानको धारा २७४ को उपधारा ३ बमोजिम संविधानको संसोधन विधेयक सर्वसाधारण जनताको जानकारीका लागि सूचना प्रेषित गर्ने प्रावधान छ। सोही अनुसार आजको गोरखापत्रमा 'नेपालको संविधान (पहिलो संसोधन) २०७२' प्रेषित गरिएको छ।

शीर्ष नेता, सभामुख र सचेतकहरूको बैठकले मोर्चासंगकाे वार्ताका लागि पुस ८ गतेसम्मका लागि वातावरण तयार पार्ने र वार्ताकाे संसदमै भएको।

प्रकाशित: २ पुस २०७२ २३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App