सत्तारूढ गठबन्धनबाट प्रतिनिधि सभाको उपसभामुखमा नेपाली काँग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्।
नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले बिहीबार मनोनयन दर्ता गराएकी हुन्।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खाली छ।
प्रकाशित: ३० असार २०७९ ०६:४४ बिहीबार