१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादीमा पदाधिकारी चयन शर्मामाथिको छानबिनपछि

नेकपा माओवादी केन्द्रको सोमबारयता लगातार बसेको केन्द्रीय समिति बैठक पदाधिकारी टुंगो लगाउन असफल भएको छ।  

बिहीबार बसेको अन्तिम बैठक स्थायी कमिटी सदस्य संख्या र पोलिटब्युरो सदस्य टुंग्याउन सफल भए पनि पदाधिकारी चयनमा भने असफल रह्यो। पदाधिकारीमा कार्यकारी पद मानिने महासचिवका प्रमुख दाबेदार मानिएका जनार्दन शर्मामाथि संसदीय छानबिन चलिरहेकाले त्यो नटुंएिसम्म पदाधिकारी चयन नगरिएको हो।  

केन्द्रीय सदस्य हिमाल शर्माले मधेसका कतिपय नेताहरूमाथि निर्वाचनका बेला पार्टी हितविपरीत कार्य गरेको भन्दै कारबाहीको माग उठेको र पूर्वअर्थमन्त्री शर्मामाथि पनि संसदीय छानबिन भइरहेकाले पदाधिकारी चयन प्रक्रिया रोकिएको हो। शर्मामाथिको छानबिन सकिनेबित्तिकै पदाधिकारी चयन हुने उनले बताए।  

पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महराको नाममा भने सहमति भइसकेको शर्माले बताए। महासचिवलगायत अन्य पदमा भने १० दिनपछि टुंगो लगाइनेछ। महासचिवका मुख्य दाबेदार वर्षमान पुन पनि हुन्। शर्माको सम्भावना भने संसदीय छानबिनको रिपोर्टमा भर पर्ने नेताहरूले जनाएका छन्। ‘संसदीय छानबिन समितिले के निर्णय गर्छ, त्यसले नै पार्टीभित्रको भूमिकालाई पनि तय गर्छ,’ पार्टीका एक नेताले भने। माओवादी केन्द्रभित्र नेताहरू पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङ, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेलले पनि पार्टीको कार्यकारी भूमिका अर्थात् महासचिवमा रुचि देखाएका छन्।

माओवाद्री केन्द्रीय समिति बैठकले स्थायी कमिटीमा ४१ जना रहने टुंगो लगाएको छ। स्थायी समिति सदस्यमा २३ जनाको टुंगो लागेको छ भने बाँकी १८ जना चयन गर्न बाँकी छ। स्थायी समिति सदस्यहरूमा पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, चक्रपाणि खनाल, शक्ति बस्नेत, जनार्दन शर्मा, गणेश शाह, देव गुरुङ, देवेन्द्र पौडेल, मातृका यादव, लीलामणि पोखरेललगायत छन्।

रिझाउन पोलिटब्युरोमा स्थान

पार्टीको केन्द्रीय समिति बैठकमा बिहीबार अध्यक्ष पुष्पकमल दाहालले पोलिटब्युरो सदस्यहरूको नाम वाचन गर्दा सुरुमा केही विवाद भएको थियो। दाहालले पोलिटब्युरोको घोषणा गर्दा कतिपय वरिष्ठलाई नसमेटेर कनिष्ठलाई चयन गरेको भन्दै नेताहरूले बैठक हलभित्रै विरोध गरेका थिए। जसले गर्दा केही समय बैठक स्थगित भएको थियो। केही नाममा विवाद भएपछि दाहालले संख्या बढाएर आकांक्षी सबैलाई समेटेका थिए। सुरुमा १ सय २५ सदस्यी पोलिटब्युरो बनाउने भनिए पनि पछि ३१ जना वैकल्पिक पोलिटब्युरो सदस्यको नाम थपेर पोलिटब्युरोलाई पूर्णता दिइएको हो।

पोलिटब्युरो सदस्यमा पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, चक्रपाणि खनाल, शक्ति बस्नेत, जनार्दन शर्मा, गणेश शाह, देव गुरुङ, देवेन्द्र पौडेल, मातृका यादव, लीलामणि पोखरेल, दीनानाथ शर्मा, डिलाराम आचार्य, ओनसरी घर्ती, यशोदा सुवेदी, अमृता थापा, झक्कु सुवेदी, कमला रोका, नारायण दाहाल, जयपुरी घर्ती, हितराज पाण्डे, हितमान शाक्य, विश्वनाथ साह, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, कुलप्रसाद केसी, जगप्रसाद शर्मा, शशी श्रेष्ठ छन्।

त्यसैगरी सोना सुवेदी, प्रह्लाद बुढाथोकी, महेश्वर गहतराज, परशुराम तामाङ, रामेश्वर राय, उर्मिला अर्याल, सत्या पहाडी, गणेशमान पुन, सावित्री काफ्ले, सूर्य सुवेदी, सुनिल मानन्धर, सन्तकुमार चौधरी, नेपबहादुर चौधरी, डोरप्रसाद उपाध्याय, भरत साह, परशुराम रम्तेल, दलजित श्रीपाइली, जोखबहादुर महरा, हरि अधिकारी, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, सीता खकुरेल, नारायणी शर्मा, हकिकुल्ला खाँ, महेश्वर पासवान, महेन्द्रबहादुर शाही, नरेश भण्डारी, सुरेश आलेमगर, टेकबहादुर बस्नेत श्रवण यादव, बलावती शर्मा, गंगा कार्की, शुक्रविक्रम मल्ल, टेकबहादुर बस्नेत पनि पोलिटब्युरोमा छन्।

त्यस्तै राजु खड्का, भरत साह, शिवकुमार मण्डल, श्रवण यादव, रामकुमार यादव, गोपाल शर्मा, मुक्ति प्रधान, महेश्वर दाहाल, दिलीप प्रजापति, इन्द्र आङ्बो, लक्ष्मण पन्त, माधव बास्कोटा, लेखनाथ न्यौपाने, गोपाल ठाकुर, फगत यादव, अजम्बर काङमाङ, रामहरि कार्की, युवराज दुलाल, दीपेन्द्र पुन, तेजबहादुर ओली, कृष्णप्रसाद सापकोटा, केशव नेपाल, भक्तिप्रसाद माझी, ईश्वरीप्रसाद भट्टराई, प्रकाशहरि पोखरेल, दुर्गाजयन्ती राई, जितबहादुर योङयाङ, भच्याङ यादव, बोधमाया यादव, रामकुमारी चौधरी, सुरेन्द्रप्रसाद जयसवाल, रेनु चन्द र देवी खड्का पनि पोलिटब्युरोमा समेटिएका छन्।

पोलिटब्युरोमा समेटिने अन्यमा विमला सुवेदी, समिता कार्की, अमर टन्डन, रूपा चौधरी, सूर्यमान दोङ, सुदन किराती, राजकुमार पासवान, विन्दमान विष्ट, ओम शर्मा, छत्रबहादुर श्रेष्ठ, सुकबहादुर रोका, रामदीप आचार्य, महेन्द्रबहादुर शाही, तारामान चमार, शरदसिंह भण्डारी, तिलकराम शर्मा, कृष्ण धिताल, सालिकराम जमरकट्टेल, त्रिलोचन भट्ट, कुमार चौधरी, इन्द्रबहादुर श्रेष्ठ, देवराज रेग्मी, गजेन्द्र महत, वसन्तकुमार कुसद, हेमराज भण्डारी, चूँडामणि खड्का, अशोक मण्डल, उमेश यादव, हरिनारायण चौधरी, जयशंकर नायक, वीरमान चौधरी, झलक दर्लामी, कपिल लामा, तपेश्वर चौधरी, धर्मशिला चापागाइँ, इन्द्रजित थारू, राजकाजी गुरुङ र वामदेव क्षेत्री छन्।

त्यस्तै अन्य सदस्यमा नरेन्द्र कुँवर, बीना मगर, नरेश भण्डारी, लोकेन्द्र लम्साल, पदम राई, दामा शर्मा, कल्पना धमला, महेन्द्र पासवान, लक्ष्मण जोशी, कुमारी मोक्तान, गोपी अछामी, धनबहादुर माक्थिम, ज्ञानु बस्नेत, अमर तमू, श्रवण खड्का जीवन, हरिकुमार अखण्ड, कुमार पौडेल, श्याम श्रेष्ठ, युवराज भट्टराई, निर्मल आचार्य, महेन्द्र केसी, देवेन्द्र पराजुली, रेनु दाहाल, कृष्ण केसी, हिमाल शर्मा, रमेश मल्ल, ताराकुमारी घर्ती र राजन दाहाल छन्।

प्रकाशित: २४ असार २०७९ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App