५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्णालीका बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउन माग

फाइल तस्बिर

कर्णाली प्रदेशका बालबालिकालाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद दुर्गा गुरुङले कर्णालीमा अझै पनि बालबालिकाले पाठ्यक्रपुस्तक नपाएकाले पाठ्यपुस्तक माग गरिन्। 

'कर्णालीका बालबालिकाले अझै पूर्णरूपमा पाठ्यपुस्तक पाउन सकेका छैनन्' उनले भनीन्, 'त्यसैले तत्काल पाठ्यपुस्तक उपलब्ध गराइयोस् भनी माग गर्दछु।'

यस्तै उनले सुर्खेत नगरपालिकाका १६ वटै वडामा पक्की सडक बन्न नसकेको, पटक–पटक बिजुली जाने समस्या रहेको भन्दै यी विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराइन्। सांसद गुरुङले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर मल वितरण गर्न सरकारको ध्यानाकर्षण गराइन्।  

प्रकाशित: २३ असार २०७९ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App