१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एसपिपी अस्वीकार गर्ने निर्णयको चीनद्वारा प्रशंसा

वाङ वेनबिन

चीनले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बाट बाहिरिने नेपालको निर्णयको प्रशंसा गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जबाफमा यस्तो बताएका हुन्। हालैका दिनमा नेपालमा एसपिपीलाई लिएर व्यापक विरोधाभास देखिएको र त्यसबारेमा चीनले पनि ‘नोटिस’ गरेको उनले बताए।

उनले नेपालका राजनीतिक दल, सरकार, नेपाली सेना र जनताले समेत एसपिपीलाई हिन्द प्रशान्त रणनीतिका रूपमा हेर्दै त्यो राष्ट्रिय हितविरुद्ध रहेको र नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको असंलग्न र सन्तुलित विदेश नीतिविपरीत हुने भन्दै विरोध गरेको बताएका छन्। पत्रकार सम्मेलनमा चाइना डेलीले नेपालले एसपिपीमा अघि नबढ्ने निर्णय गरेकाप्रति चीनको धारणा के हो भनी सोधेको प्रश्नको जबाफमा प्रवक्ता वाङले नेपालको निकट छिमेकी तथा रणनीतिक सहयोगी साझेदारका हिसाबले चीनले त्यसको प्रशंसा गर्ने बताएका हुन्।

उनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि चीनले निरन्तर साथ दिने पनि बताए। चीनले नेपालको स्वतन्त्र र असंलग्न विदेश नीतिको प्रतिबद्धतालाई पनि समर्थन गर्ने उनले स्पष्ट पारे। प्रवक्ता वाङले चीन क्षेत्रीय सुरक्षाको रक्षा, स्थायित्व र साझा समृद्धिका लागि नेपालसँग मिलेर काम गर्न तयार रहेको बताए।

प्रकाशित: १० असार २०७९ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App