२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

निजगढ विमानस्थल कुनै बहानामा सार्न मिल्दैन: राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढबाट कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छ्न्।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्नुपर्ने माग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसँगको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले मधेस प्रदेशको विकासका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरे। यहाँबाट विमानस्थल सार्ने खेल स्वीकार्य नहुने उनले बताए।  

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ अझै आइ सकेको छैन उनले भने, 'पूर्णपाठमा निजगढ विमान स्थलको लागि साकारात्मक सन्देश आउनेछ।' उनले भने, 'निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु पर्नेमा हामी दृढ छौं।' विमानस्थल निर्माणको आडमा अनावश्यक रुख काट्न नदिने उनको भनाइ छ।  

विमानस्थल बनाउने नाममा जंगल नै सिध्याउने चलखेल हुँदै आएको प्रति निजगढबासीलाई सचेत गराउदै  मुख्यमन्त्री राउतले भने ,'निजगढ विमानस्थलको निर्माण कागजमा मात्र नभई कार्यस्थलमा सुरूवात गराउन दवाब दिनुपर्छ।'  

निजगढबासीले केही दिनयता जारी राखेको चक्का जामसहितको आन्दोलन तत्कालका लागि स्थगन गरी सर्वोच्चको पूर्णपाठको प्रतीक्षा गरौ उनले भने, 'पूर्णपाठ विपक्षमा आए फेरीसँगै आन्दोलन गरौंला।'

मुख्यमन्त्री राउत रिले अनसनमा बसेका आन्दोलनकारीहरुलाई भेटेपछि चक्का जाम कार्यक्रम स्थगित गरेका छन्। तर संघर्ष समितिले रिले अनसन भने जारी रखेका छन्।

प्रकाशित: २ असार २०७९ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App