२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

म बारे प्रकाशित समाचार झुठा हुन्: रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्न लागेको भन्ने बिषयमा आएका समाचारहरुको खण्डन गरेका छन्।  

उनले आफ्नो खण्डनमा राप्रपा भनेर उल्लेख गरेका भने छैनन्। तर उनले भनेका छन्, ‘मबारे प्रकाशित समाचार झुठा हुन्।’ मिश्रले अनुमान र एकपक्षीय रुपमा दिइएको सूचनाको भरमा समाचार प्रकाशित नगरिदिन अनुरोध पनि गरेका छन्।

उनले खण्डनमा भनेका छन्, ‘देशलाई शीरमा राख्ने र नेपाली समाजको भावना नेतृत्व गर्ने मडरेट कन्जर्भेटिभ पार्टीको यो देशमा सख्त अभाव छ। नेपालमा अहिले त्यस्तो पार्टी छैन। देशको एउटा प्रमुख पार्टीको विकृत वामपन्तीकरण भएपछि नेपाली राजनीतिमा त्यो स्पेस पुरै खाली छ।’

मिश्रले राष्ट्रियताको जगमा एउटा रुपान्तरणकारी शक्ति निर्माणका लागि आफू पहिलेदेखि नै एकीकरण/ध्रुवीकरणको पक्षमा रहेको स्पष्ट पारेका छन्। ‘म एक्लै कतै जोडिएर त्यो सम्भव छैन तर सशक्त निर्माण हुने किसिमको कुनैपनि सम्मिलन/एकीकरण/ध्रुवीकरणमा भने मेरो चासो कायमै रहने छ।’ 

प्रकाशित: १ असार २०७९ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App