१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अर्घाखाँचीमा कांग्रेसले अन्तर्घात गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढायो

अर्घाखाँचीमा कांग्रेसले अन्तर्घात गर्नेलाई सोध्यो स्पष्टीकरण

नेपाली कांग्रेस अर्घाखाँचीले स्थानीय निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरेको भन्दै २० जनालाई स्पष्टीकरण सोधेको छ। जिम्मेवार पदमा बसेर पार्टीलाई असहयोग गर्ने तथा अन्तर्घात गर्ने २० जनालाई अर्घाखाँची कांग्रेसको अनुशासन विभागले ७ दिने स्पष्टीकरण सोधेको हो।

जिल्ला कार्य समितिका १ जना पदाधिकारी, १ जना जिल्ला सदस्यसहित २० जनालाई स्पष्टीकरण सोधिएको प्रचार प्रसार विभाग प्रमुख सुर्य भुसालले जानकारी दिए। पार्टीका जिम्मेवार व्यक्तिले निर्वाचनमा खेलेको भूमिकाको अनुसन्धान भैरहेको र दोषी ठहरिएको खण्डमा तत्काल कारबाही गरिने नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ।

आन्तरिक एकता मजबुत हुन नसक्दा जित्नैपर्ने स्थान सन्धिखर्क नगरपालिका वडा नम्बर–६, ७ भुमिकास्थान नगरपालिका वडा नम्बर–६,९ शितगंगा नगरपालिका वडा नम्ब–६, ७, १०, ११ छत्रदेव गाउँपालिका–१, २, ४, ८ मालारानी गाउँपालिका–३, ४ पाणिनी गाउँपालिका–४, ५, ८ मा समेत कांग्रेस पराजित भएको उनीहरुको ठहर छ। अघिल्लोपटक एक्लै विजयी भएका कतिपय स्थानमा पराजय भोग्नुमा आन्तरिक कारण प्रमुख रहेको नेताहरुको भनाइ छ।

निर्वाचन भर्खर सकिएकाले आन्तरिक अध्ययनकै क्रममा रहेको र मौखिक रुपमा वडाहरुबाट अन्तर्घात भएको रिपोर्ट आइरहेको जिल्ला उपसभापति तथा अनुशासन विभाग प्रमुख बिष्णु भुसालले जानकारी दिए। दोषी ठहरिए पार्टीको विधान अनुसार कारबाही गरिने उनको भनाइ छ।  

२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले एक्लै २६ वडा जितेको थियो। यो निर्वाचनमा गठबन्धन बनाएर चुनावमा गएपनी कांग्रेसले २४ वडामा मात्र जित निकाल्न सकेको छ। चार पालिका जितेको कांग्रेस यसपाली दुई वटामा चित्त बुझाएको छ।

अन्तर्घात गरेको प्रमाणित हुनेहरुलाई जिल्ला अनुशासन समितिले स्पष्टीकरण सोधेको र छानबिनको क्रममा दोषी देखिए पार्टी विधानले दिएको अधिकार अनुसार कारबाही गर्ने कांग्रेस अर्घाखाँचीले जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०७९ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App