काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल सिसडोलमा पुगेका छन्।
लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर डंगोल सिसडोल पुगेका हुन्।
मेयर शाहले फोहोर व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राखेर तयारी अगाडि बढाइरहेका छन्। शाह र डंगोलले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका थिए।
प्रकाशित: २० जेष्ठ २०७९ ०४:४६ शुक्रबार