५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संघीयतालाई बलियो बनाउन नयाँ ढंगले काम गर्नुपर्छः मन्त्री श्रेष्ठ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीयतालाई बलियो बनाउन नयाँ ढंगले काम गर्नुपर्ने बताएका छन्।

बिहीबार राष्ट्रिय सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले देशको संघीय शासन व्यवस्था राम्रो ढंगबाट व्यवस्थापन गरिएको र यसलाई थप विकसित र सुदृढ बनाउँदै जानुपर्ने बताए। मन्त्री श्रेष्ठले संघीयता कार्यान्वयनको सन्दर्भमा आएको संकल्प प्रश्तावले देशलाई नै मार्गनिर्देश गर्ने बताए। उनले संघीयता सम्बन्धीका हरेक मामिलामा संघीय मन्त्रालय सहयोग गर्न तयार रहेको बताए।

मन्त्री श्रेष्ठले सरकारले चाँड नै संघीय निजामति ऐन दर्ता गर्नै तयारी गरेको पनि बताए। उनले निजामति ऐन संघीय दुवै सभाबाट पारित गरेर अघि बढाउन सके कर्मचारीहरुको विभिन्न समस्याहरु र संघीयता ठीक ढंगले कार्यान्वयन भएन भन्ने गुनासो सम्बोधन हुने विश्वास व्यक्त गरे। उनले संघीयतालाई बिस्तारै सही मार्गचित्रमा लैजाने दायित्व हामी सबैको राजनीतिक दल र नागरिकको भएको बताए।

मन्त्री श्रैष्ठले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय समिति बनाउने, समितिमा सातै प्रदेशका स्थलगत अध्ययन गरी संसदमा प्रस्तुत गर्ने र १५ बुँदे कार्यान्वयनको लागि निर्देशन दिने कुरा संसदकै अधिनमा भएकोले संसदले आफ्नो कामलाई अघि बढाएर संघीयताको सही कार्यान्वयन गर्ने बताए।

प्रकाशित: १९ जेष्ठ २०७९ ११:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App