रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै छ।
५२ हजार १८९ मत गणना हुँदा नेपाली काँग्रेसका रामकृष्ण खाणले १९ हजार ८३१ मतसहित अग्रता कायम राखेका छन। एमालेका मोहन चापागाइले १८ हजार ८६८ मत पाएका छन्। बुधबार बिहान ९।४५ बजे सम्मको गणनामा काँग्रेसका खाणले ९६३ मतले अग्रता लिएका छन् उपमेयरमा एमालेका जागेश्वरी चौधरीले १८ हजार ५४७ मतसहित अगााडि छन्। गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले ९ हजार १९६ मत पाएका छन्।
तिलोत्तमामा १० वटा वडाको अन्तिम नतिजा आइसेको छ। त्यसमा ६ वडा वडा नेपाली काँग्रेसले जितेको छ भने ४ वटामा एमाले विजयी भएको छ।
अब १२ हजार ५१३ मत गणना हुन बाँकी छ। यो नगरपालिकामा जम्मा ६४ हजार ७०२ मत खसेको थियोे। तिलोत्तमाको कुल मतदाता संख्या ८५ हजार ७४७ हो।
प्रकाशित: ११ जेष्ठ २०७९ ०४:५० बुधबार