१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

रुपन्देहीको सैनामैना नगरपालिकामा कांग्रेसका शर्मा विजयी

रुपन्देहीको सैनामैना नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सैनामैनाको मेयरमा काँग्रेसका फणेन्द्रप्रसाद शर्मा विजयी भएका हुन्। 

शर्माले १५ हजार ६८६ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका चित्रबहादुर कार्कीले १५ हजार १०४ मत पाएका थिए। २०७४ को निर्वाचनमा एमालेबाट मेयरमा जितेका केसीलाई शर्माले यसपाली  ५८२ मतअन्तरले पराजित गरेका हुन्। यसअघिको निर्वाचनमा केसीले शर्मालाइ पराजित गरेका थिए।  

उपप्रमुखमा एमालेकी विना राना १५ हजार ७६२ मत ल्याएर निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर महतले १३ हजार ७२० मत मात्रै ल्याए।

प्रकाशित: ६ जेष्ठ २०७९ १७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App