१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिरहामा एमालेका वर्चस्व

स्थानीय तह निर्वाचन २०७९ को मतगणना परिणामले सिरहामा नेकपा एमाले र जसपाको वर्चस्व देखिएको छ। निर्वाचनको अन्तिम परिणाम आइसेका ६ पालिकामध्ये ४ पालिकामा एमाले जित दर्ज गरेका छन्।

सिरहा नगरपालिका, कर्जन्हा नगरपालिका, भगवानपुर गाउँपालिका, विष्णपुर गाउँपािलकामा एमालेका प्रमुख निर्वाचित भएका छन्। ०७४ को निर्वाचनमा जोसँग हारे उनैलाई हराएर नेकपा एमालेबाट सिरहा नगरपालिकाको मेयर उम्मेदवार डा.नविनकुमार यादव निर्वाचित भएका छन्।

त्योबेला असेश्वरसँग १७१ मतअन्तरले हारेका नविन यो निर्वाचनमा असेश्वरसँग ३ हजार ३९१ मतअन्तरले विजयी भएका छन्। नविनले ११ हजार १४३ मत ल्याएर निर्वाचित भएका छन्। असेश्वर ७ हजार ७५२ मत ल्याएर तेस्रो भए।

विष्णुपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सत्यनारायण यादव निर्वाचित भएका छन्। एमालेका यादवले जसपाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई ४१ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। सत्यनारायणले २ हजार १ सय ५८ मत ल्याएका छन्। प्रतिस्पर्धी जागेश्वरले २ हजार १ सय १७ मत प्राप्त गरे।

जसपाका अध्यक्ष उम्मेदवार जागेश्वर पराजित भएपनि उपाध्यक्षमा भने जसपाकी गीताकुमारी सिंह निर्वाचित भइन्। उनले २ हजार २ सय ७२ मत प्राप्त गरकी छिन्। सिरहाको कर्जन्हा नगरपालिकामा नेकपा एमालेबाट मेयर उम्मेदवार भोलाप्रसाद पोखरेल ३ हजार ८३९ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जसपाका केशवप्रसाद साह ३ हजार २२३ मत ल्याए।

नेकपा माओवदी केन्द्रबाट मेयर उम्मेदवार निर्वतमान मेयर गंगा पासवान ४ हजार ३ सय ९ मत ल्याएर तेस्रो स्थानमा चिप्लिए। यस नगरमा मेयर एमालेको निर्वाचित भएपनि उपमेयर जनता समाजवादी पार्टीबाट लक्ष्मीकुमारी श्रेष्ठ निर्वाचित भएछि छिन्। श्रेष्ठले ३ हजार ४८७ मत ल्याएर निर्वाचित भइन्।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट उग्रनारायण यादव संघीय समाजवादी फोरमबाट अध्यक्ष उम्मेदवार बेचनप्रसाद यादवसँग १२५ मतअन्तरले पराजित भएका थिए। यसपटक उग्रनारायणले बेचनालाई १ हजार ६३ मतअन्तरले पराजित गरेर मेयरमा निर्वाचित भएका छन्। उग्रनारायणले ४ हजार ३०२ मत प्राप्त गर्दा बेचनले ३ हजार २३९ मत ल्याएका छन्।

यसैगरी, मतगणनाको अन्तिम परिणाम आउन बाँकी रहेको पालिकामध्ये धनगढीमाई, गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा एमाले अगाडि छ। ०७४ को स्थानीय तह निर्वाचनमा एमाले नरहा, सखुवानन्कारकट्टी गाउँपालिका, लहान र सुखिपुर नगरपालिका गरी चार पालिका जितेका थिए।

यसपटक परिणाम घोषणा भएको ६ पालिकामध्ये चारमा एमाले जितिसकेका छन्। संघीयता स्थापनापछि भएको पहिलो स्थानीय तहको निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरु जनअपेक्षा अनुरुपको नतिजा हाँसिल नगर्नु नै पारजयको मुख्य कारण रहेको स्थानीय बताउँछन्।

जनताले यसपाली आफ्नो मतको दाउ पार्टीभन्दा पनि सम्भावना भएका उम्मेदवारमा लगाएको छ। मुखियामा निर्वाचित हुँदै गर्दा जनअपेक्षालाई प्राथमिकतामा राखेर काम गर्ने गरेको प्रतिबद्धताले अपेक्षाकृत नतिजा हासिल गर्न नसक्दा दोहोरिएका उम्मेदवारहरु रोकिएका छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App