२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जो गढ भत्काएर निर्वाचित भए

अशोक यादव र शिवउद्गार यादव।

सिरहाको नवराजपुर गाउँपालिका नेपाली कांग्रेसको गढ मानिन्थ्यो। गणतन्त्र स्थापनापछिको पहिलो स्थानीय तह निर्वाचन ०७४ मा यस गाउँपालिकाबाट नेपाली कांग्रेसका विश्वमोहन प्रसाद यादव निर्वाचित भएका थिए। यसपालि जनता समाजवादी पार्टीका उम्मेदवार शिवउद्गार यादवले विश्वमोहनलाई पारजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन्।

०७४ को निर्वाचनमा विश्वमोहनसँग २०९ मतअन्तरले पराजित शिवउद्गार यसपालि २०२९ मतअन्तरले विश्वमोहनलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन्। शिवउद्गारले ४५५४ मत ल्याएका छन्। प्रतिस्पर्धी विश्वमोहनले २५२५ मत ल्याएका छन्। विश्वमोहनसँग पुर्खयौली राजनीतिक विरासत छ। नेपाली कांग्रेसकी प्रभावशाली नेतृ चित्रलेखा यादव विश्वमोहनका दिदी हुन्। 

उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीकि पुनमकुमारी यादव निर्वाचित भएकि छिन्। पुनमले ४ हजार ३१८ मत ल्याएरकी छिन्। निवर्तमान उपाध्यक्ष रहेकी कांग्रेसकै शोभाकुमारी यादव २ हजार ३८५ मत ल्याएकी छिन्। जसपा नवराजपुर गाउँपालिका १, २, ३, ५ गरी चार वडामा जितेका छन्।  नेपाली कांग्रेस ४ नम्बर वडामा निर्वाचित भएको छ।

सिरहाको अर्नामा गाउँपालिका माओवादीको गढ मानिन्थ्यो। ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट अध्यक्ष उम्मेदवार चन्देश्वर मण्डललाई पराजित गर्दै माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार ठकु महतो निर्वाचित भएका थिए। ठकुले २४३६ मत ल्याएका थिए भने चन्देश्वरले २२०९ मत ल्याएका थिए।

यसपालिकाको निर्वाचनमा निवर्तमान अध्यक्ष समेत रहेका ठकु जनता समाजवादी पार्टीका अध्यक्ष उम्मेदवार अशोक कुमार यादवसँग १०१३ मतअन्तरले पराजित भएका छन्। विजयी भएका जसपाका अशोक यादव ३२३३ मत प्राप्त गरेका छन्। ठकुले २२० मत ल्याएर तेस्रो भए। नेकपा एमालेका चन्देशवर मण्डलले २८१० मत प्राप्त गरेर दोस्रो भएका छन्।

सिरहाको कुल १७ पालिकामध्ये ६ पालिकाको अन्तिम मतपरिणाम आइसकेको छ। जसमध्ये २ पालिकामा जनता समाजवादी पार्टी जितेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ ११:४७ बिहीबार