२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गठबन्धनको निर्णय कांग्रेस नगर समितिले नमान्ने

जनकपुर उपमहानगरपालिकाका प्रमुख पद जनता समाजवादी पार्टीलाई दिने सहमति जुटेको छ। त्यस्तै पाँच दलिय गठबधनले उपप्रमुख कांग्रेसलाई दिने निर्णय गरेको छ।

बुधबार बालुवाटारमा महानगरपालिका उपमहानगरपालिकाको सिट बाँडफाँडको लागि बसेको बैठकबाट सत्तारुढ दलले यस्तो निर्णय गरेको हो।

जसपाले विरगंज महानगरपालिका, जनकपुर उपमहानगरपालिकाको प्रमुख पद पाउने भएको छ भने विराटनगर महानगरपालिका, कलैया र नेपालगंज उपमहानगरपालिकाको उपप्रमुख पद पाउने गठबन्धनले निर्णय गरेको छ।

‘सत्ता गठबन्धनको निर्णयले स्थानीय कांग्रेसी कार्यकर्तामाथि प्रहार भएको छ यसलाई हामीले घोरभत्र्सना गर्छौ केन्द्रको निर्णय जनकपुर उपमहानगरपालिकाको कार्यसमितिले नमान्ने' नगर सभापति मनोज साहले बताए।

उनले भने, ‘धनुषाको स्थिति बारे यहाँको कार्यकर्तालाई थाहा छ केन्द्रले निर्णय गरेर केही हुँदैन। हामीले नेताहरुसँग छिट्टै छलफल गरेर यो निर्णयविरुद्ध संर्घषमा जान्छौं।’

प्रकाशित: ७ वैशाख २०७९ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App