१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

जापानले निस्वार्थ भावनाले सहयोग गरिरहेको छः परराष्ट्रमन्त्री डा.खड्का

परराष्ट्रमन्त्री डा.नारापण खड्काले जापानले निवास्र्थ भावनाले नेपाललाई सहयोग गर्दै आएको बताएका छन्। उनले शनिबार आयोजित नेपाल जाइका जलमनाई एसोसियसन (जान) को ४८औं बार्षिक समारोह तथा जापान साउथवेष्ट एसिया एक्सचेन्स इयर सेलेब्रेशन कार्यक्रममा उक्त भनाई राखेका हुन्।  

कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा. खड्काले जापानले नेपाललाई शिक्षा, स्वास्थ्य, कृषि आर्थिक विकास लगायतका क्षेत्रमा लामो समय देखी निरन्तर रुपमा सहयोग गर्दै आएको उल्लेख गरे।  

‘जापानको शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार सम्बन्धि ज्ञानबाट नेपालले शिक्षा लिइ सिपयुक्त जनशक्ति विकासमा लाग्नुपर्छ,उनले भने। डा.खड्काले जापानबाट अध्ययन र तालीम पुरा गरी जापानी प्रविधिको ज्ञान भएका जानका दक्ष सदस्यहरुले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्नसक्ने उल्लेख गरे। साथै उनले निरन्तर सहयोगका लागि जापान सरकारलार्य धन्यवाद पनि दिए।  

नेपालका लागि जापानका राजदूत युताका किकुताले जापानले नेपालको विकासको लागि गरेका सहयोगको बारेमा चर्चा गर्दै भविष्यमा पनि यस किसिमका सहयोगले निरन्तरता पाउने बताए। उनले जापान नेपालको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबुत बनाउन जानका सदस्यहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।  

जाइका नेपालका प्रमुख श्री आकिमिचु ओकुवोले जाइका जापान सरकारको सहयोगमा नेपालमा सन्चालित कार्यक्रमहरु कार्यान्वयन गर्ने संस्था भएकोले नेपाल सरकारसँग समन्वय गरी नेपालको विकासका लागि काम गरिरहेको जानकारी दिए।  

कार्यक्रममा प्रमुख अतिथि डा. खड्का र जापानी राजदुत किकुताले जानको वार्षिक प्रकाशन मिलन पत्रिका को संयुक्त रुपमा विमोचन गरेका थिए। मिलन पत्रिकामा लेख रचना प्रकाशन गर्ने लेखकहरुलाई जानको तर्फबाट सम्मान पत्र समेत प्रदान गरिएको थियो।  

जानका अध्यक्ष डा. रामचन्द्र भुसालले जापानले १२० वर्ष अगाडी देखि हालसम्म नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार कृषि लगायतका क्षेत्रमा गरेको सहयोग उल्लेख गर्दै नेपालको आर्थिक विकासमा ठूलो सेवा भन्दै राजदूतमार्फत जापान सरकारलाई धन्यवाद दिए। कार्यक्रममा जापानी राजदूत र जाइका नेपालका प्रमुखलाइ जानको मानार्थ सदस्यता प्रदान गरिएको थियो।

प्रकाशित: ४ वैशाख २०७९ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App