४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउछु: घिमिरे

नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले अबको बारको नेतृत्वले विकृति, विसंगतिविरुद्ध लडने र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने बताएका छन्।

शुक्रबार बारको मतदानको मत परिणाम आएसँगै नेपाली कांग्रेस निकट घिमिरे बारको अध्यक्षमा निर्वाचित भएका हुन्। उनीसँगै वृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको प्यानल नै विजयी भएको छ।

गठबन्धनको प्यानलले एमाले निकट निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीसहितको प्यानललाई पराजित गरेको हो। घिमिरेले ४ हजार ४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी अधिकारीले २४ सय ८२ मत ल्याएका थिए।

जितसँगै नेपाल बार परिशरमा विजयी टोलीलाई खादा, फूलमाला र अभीरले स्वागत गरिएको थियो। स्वागत समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष घिमिरेले कानून व्यवसायलाई मर्यादित र व्यवस्थित पेशा बनाउने प्रतिवद्धता व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष घिमिरेले कानून व्यवसायमा भविष्य छ भन्ने कुरा नवोदित कार्यसमितिले भरोसा दिलाउने बताए। उनले तीन वर्षे कार्यकालमा सक्षम न्यायालय र सक्षम कानूनकर्मीको उत्पादनमा जोड दिने बताए। 

प्रकाशित: २५ चैत्र २०७८ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App