२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्छः नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले जित्ने दाबी गरेका छन्। पाँच दलीय गठबन्धन हुन लागकोमा एमाले अध्यक्ष केपी आत्तिएको भन्दै उनले पाँच दलबीच गठबन्धन भई चुनावमा जाने उनले बताए। कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा भएको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले पाँच दलीय गठबन्धनको निरन्तर वार्ता र छलफल भइरहेको पनि बताए। सबै दलहरू गठबन्धन प्रति सकारात्मक छन् भन्दै अध्यक्ष नेपालले आगामी स्थानय तहको निर्वाचनमा नेकपा एस पहिलो पार्टी बन्ने ठोकुवा समेत गरे। उनले समाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याइने बताए। आफू एमालेमा रहँदा वृद्धभत्ताको सुरुवात गरेको भन्दै अब भत्ता वृद्धि गर्ने उनले बताए।

अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रति जनताको आकर्षण देखेर विपक्षी दलहरू बरबराउन थालेको बताए। एकीकृत समाजवादी पार्टी समाजवादको दिशामा अगाडी बढेको बताउँदै उनले न्याय, सत्य र परिवर्तनको लागि काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे। ६ महिना अघि गठन गरेको पार्टीमा अहिले जनताको लहर रहेको बताउँदै मेयर र वडाध्यक्ष दैनिक रूपमा पार्टी प्रवेश गरेको बताए। लुम्बिनीसँग जोडेर कपिलवस्तुलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए।  

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कपिलवस्तुका लोकप्रिय नेता डा.मञ्जुर खाँको नेतृत्वमा एकीकृत समाजवादीमा प्रवेश गरेकोमा धन्यावाद दिए। कपिलवस्तुको विकासका लागि नेकपा एस निर्वाचित हुनुपर्नेमा आफू विश्वस्त रहेको बताए। कार्यक्रममा एकीकृत समाजवादीमा सचिव भागवत बिश्वासीले एमालेले जनतालाई घात गरेको बताए। केपी ओलीले संविधान मिचेर संसद् विघटन गरेर जनताको मतलाई अपमान गरेको उनको आरोप छ।

लुम्बिनी प्रदेश अध्यक्ष मेटामणी चौधरीले कपी ओलीको प्रवृत्तिलाई जनताले अस्वीकार गरेको जनाए। अहंकार र प्रतिगमनले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताउँदै नागरिकहरू सचेत हुनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: २२ चैत्र २०७८ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App